भोलीबाट खुल्दै चन्द्रागिरी हिल्सको आइपीओ, कति आवेदन दिने ?  कस्तो छ वित्तीय अवस्था ?

५ बर्ष अगाडि

चन्द्रागिरी हिल्स लिमिटेडले भोली पुस २४ गतेबाट साधारण शेयर (आइपीओ) निष्काशन गर्देैछ । 

कम्पनीले १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्ने लागेको हो । 

यस अघि पहिलो चरणमा कम्पनीले  आयोजना प्रभावित स्थानीयलाई ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्काशन गरिसकेको छ । 

कम्पनीको आइपीओमा पुस २८ गते सम्म आवेदन दिन सकिनेछ । आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

कति दिने आवेदन ?

अहिले आइपीओमा आवेदन दिने आवेदकको संख्या दिनदिनै बढिरहेको छ । 

यस अघि मात्र आइपीओ निष्काशन गरेको प्रभू लाइफमा १० लाख ४० हजार हारहारीको आवेदन परेको थियो । भोलीबाट आइपीओ निष्काशन गर्न लागेको चन्द्रागिरी हिल्सको आइपीओमा आवेदकको संख्या प्रभू लाइफको भन्दा बढेर ११ लाखसम्म पुग्ने देखिन्छ । 

त्यसैले, १८ करोड बराबरको आइपीओ मा ११ लाख आवेदकले १० कित्ताका दरले आवेदन दिदाँ जम्मा १ लाख ८० हजार आवेदकले मात्र कम्पनीको शेयर हात पार्ने देखिन्छ भने ९ लाख भन्दा धेरै आवेदकको हात खाली हुनेछ । 

जसकारण यस कम्पनीको आईपीओमा १० कित्ता शेयरका लागि मात्र आवेदन दिदाँ उपयुक्त देखिन्छ । 

कस्तो छ वित्तीय अवस्था ?

कम्पनीले आगामी २ आर्थिक वर्षमा नेटवर्थ १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण गरको छ ।

यस अघि कम्पनीको नेटवर्थ ०७३/०७४ मा ९४.५२ ०७४र७५मा  ९६.६३ ७५र७६ मा ९६/६९ र ७६/७७ मा ८४/८८ रहेको छ ।

यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३/५४ रुपैयाँ र ३२/८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ मा ६ करोड १३ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएकोमा आउँदो वर्ष २०७८/७९ मा भने यस्तो नाफा बढेर ३६ करोड ११ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

कम्पनीले सञ्चालन मुनाफा पनि आर्थिक वर्ष २०७९/८० मा ८२ करोड १७ लाख रुपैयाँको उचाइमा पुग्ने अनुमान गरेको छ ।  

चालु वर्ष १४ करोड ५७ लाख रुपैयाँ ऋणात्मक हुने भनिएको जगेडा कोषको आकार आउँदो वर्ष भने १४ करोड १७ लाख रुपैयाँले धनात्मक हुने र आर्थिक वर्ष २०७९र८० बढेर ३३ करोड ८६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया