आईजीपीले भने : बदनाम गर्ने प्रहरीलाई कीराजसरी टिपेर फलिन्छ

७ बर्ष अगाडि

काठमाडौं–प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले संगठनको बदनाम गर्ने प्रहरीलाई कीराजसरी टपक्क टिपेर फाल्ने बताएका छन् । ‘ट्राफिक प्रहरी र्‍यापिड स्क्वाड विशेष कार्यक्रम’ उद्घाटन गर्दै खनालले त्यस्ता प्रहरीमाथि निगरानी सुरु गरिएको जनाए ।


उनले संगठनभित्र अनियमितता, पदीय हैसियत बिर्सेर काम गर्नेलाई कडा कारबाही गरिने चेतावनी दिए । ‘कारबाही सुरु गरिसकेका छौं, अब यो अभियान कसैले रोकेर रोकिँदैन,’ उनले भने, ‘विदेश जाने, दलाली गर्ने, तस्करी गर्ने मन भए जागिर छाडदा राम्रो हुन्छ ।’ 
नेपाल प्रहरीको जनतासँग प्रत्यक्ष सम्बन्ध हुने भएकाले चरित्रवान, नैतिकवान बनेर प्रस्तुत हुन खनालले निर्देशन दिए । चाडबाडमा आपराधिक गतिविधि बढ्ने हुँदा नियन्त्रण गर्न ट्राफिक र नेपाल प्रहरीले संयुक्त अभियान चलाउने उनले बताए । 
खनालका अनुसार उपत्यकाका तीन जिल्लालाई १० सेक्टरमा छुट्याई ५५ वटा मोटरसाइकलमा ट्राफिक र प्रहरी परिचालन गरी शान्ति सुरक्षा, सवारी व्यवस्थापन र सडक दुर्घटना न्यूनीकरण अभियान सञ्चालन गरिएको छ । कान्तिपुर दैनिकमा खबर छापिएको छ । 

७ बर्ष अगाडि

प्रतिक्रिया