आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) हालसम्मकै उच्च विन्दुमा पुगको छ।
आज नेप्से १३.०७ अंकले बढेर २१७८.५७ विन्दुमा पुगेको हो।
यस अघि आइतबार नेप्से सूचक २१७५.३९ विन्दुमा पुगेको थियो। नेप्सेले नयाँ रेकर्ड कायम गरेको दिन आज नेपाल लाइफ इन्स्येरेन्सको अत्याधीक कारोबार भएको छ ।
आज कम्पनीको २ हजार ३८४ २१ करोड ३३ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
यस्तै शिखर इन्स्योरेन्सको २० करोड २ लाख, नेपाल पुनर्बीमा कम्पनीको १७ करोड ४४ लाख, नेपाल टेलिकमको १५ करोड ८७ लाख, रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।
आज कारोबारमा आएका १७५ कम्पनी मध्य ११० कम्पनीको शेयर मूल्य बढेको छ भने ५५ कम्पनीको शेयर मूल्य घटेको छ ।
त्यस्तै, १० कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
आज कारोबारमा आएका ५ वटा कम्पनीको शेयरमूल्यमा सकारात्मक सर्किट लेभलमा कारोबार भएका छन्।
कालिका माइक्रोक्रेडिटको शेयरमूल्य यस दिन सबैभन्दा बढी अर्थात १० प्रतिशतले बढेको छ। यस्तै जनउत्थान सामुदायिक लघुवित्त ९।९९ प्रतिशत, स्वाभिमान लघुवित्तको ९।९६ प्रतिशत र नारायणी डेभलपमेन्ट बैंकको ९।९४ प्रतिशत र प्रभु लाइफ इन्स्योरेन्सको शेयरमूल्य ९।४९ प्रतिशतले बढेका छन्।
बुधबार कारोबारमा आएका १२ उपसमूहमध्ये १० वटा उपसमूहको सूचक सकारात्मक देखिएका छन् भने २ वटा उपसमूहको सूचक नकारात्मक देखिएको छ।
प्रतिक्रिया