१३.०७ अंकले बढ्दा नेप्सेमा २१७८ बिन्दु पार, कारोबार रकम साढे ४ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं, आज नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको अन्तिम समयसम्म आउँदा १३.०७ अंकले बढेको छ । परिसुचक १३.०७ ले बढ्दा ४ घण्टाको अवधिमा २१७८.५७ को बिन्दुमा पुगेको छ । 

कारोबारका १२ उपसमुहमध्ये २ उपसमुह ओरालो लागेका छन् भने १० उपसमुह भने बढेका छन् । १२ उपसमुहमध्ये व्यापार समुह २०.९९ अंक र हाइड्रोपावर समुह १२.८ अंकले ओरालो लागेको हो ।

कारोबार चौथो दिन सेन्सेटिभ पनि ४.४५ अंकले बढेर ४१८.१४ को बिन्दुमा पुगेको छ ।

यस्तै कारोबारमा आाएका २०५ कम्पनिले ४ अर्ब ४२ करोड ५४ लाख बराबरको कारोबार गरेका छन् । अन्तिम समयसम्म १ करोड ५ लाख ३५ हजार २१६ कित्ता शेयर ४० हजार ३६७ पटक कारोबार भएको थियो ।

कारोबारमा आएका कम्पनिमध्ये २१ करोड ३३ लाख ८६ हजार बराबरको कारोबार गर्दै  उच्च स्थानमा रहेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया