दुई कम्पनीलाई प्राप्ती गर्ने आरम्भ चौतारीको मर्जर सम्झौता रद्द, नेप्सेद्वारा कारोबार फुकुवा

५ बर्ष अगाडि

आरम्भ चौतारी लघुवित्तले मर्जर सम्झौता रद्द गरेको छ । 

कम्पनीले मर्जर सम्झौता रद्द गरेसँगै नेपाल स्टक एक्सचेञ्ज(नेप्से) ले आरम्भ चौतारी लघुवित्त वित्तीय संस्थाको कारोबार फुकुवा  गरेको छ । 

आरम्भले यस अघि सिवाईसी लघुवित्त र शालिग्राम लघुवित्त बीच मर्जर गर्ने सम्झौता गरेको थियो ।

सिवाईसी नेपाल र शालिग्राम लघुवित्तलाई गाभ्ने प्रारम्भिक सम्झौता गरेपछि नेप्सेले उक्त कम्पनीको गत असोज ११ गतेदेखि कारोबार रोक्का गरेको थियो ।

कम्पनीले बिपिडब्लू लघुवित्त वित्तीय संस्था र देउराली लघुवित्त वित्तीय संस्थालाई प्राप्ति गर्ने नयाँ सहमतिपत्रमा हस्ताक्षर गरेको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया