काठमाडौं- महुली लघुवित्त वित्तीय संस्थाले संस्थापक शेयर विक्री गर्ने भएको छ । कम्पनीले ४ हजार ५४८ कित्ता शेयर विक्री गर्ने भएको हो ।
नेपाल राष्ट्र बैंकको निर्देशन अनुसार शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र निवेदन दिनुपर्नेछ ।
सोही समय अवधिभित्र इच्छुक आवेदकले कम्पनीको केन्द्रीय कार्यालय अग्नीसाइर कृष्णासबरण ५ महुली, सप्तरीमा पुग्ने गरी निवेदन दिन सक्नेछन् । उक्त समय अवधिभित्र संस्थापकहरुबाट आवेदन नपरेमा प्रचलित नियम अनुसार अन्य व्यक्ति वा संस्थालाई विक्री गर्ने पनि कम्पनीले सूचनामार्फत बताएको छ ।
प्रतिक्रिया