काठमाडौं- बुधबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको दोस्रो घण्टासम्म आइपुग्दाँ ११.५६ अंकले बढेको छ ।
कारोबार सुरु भएको एक घण्टाको अवधिमा परिसुचक ११.५६ अंकले बढेर २१७७.०५ को बिन्दुमा पुगेको छ ।
कारोबारमा आएका १२ उपसमुहमध्ये हाइड्रोपावर समुह ओरालो लागेको छ । हाइड्रोपावर समुह ७.१४ अंकले घटेको ।
हालसम्म कारोबारमा १९९कम्पनिको ४७ लाख ५६ हजार ४८२ कित्ता शेयर १९ हजार ५५२ पटक खरिद बिक्री हुदाँ २ अर्ब १० करोड २० लाख ७३ हजार बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया