काठमाडौं – चालु आर्थिक बर्षमा नेपालको आर्थिक बृद्धिदर ०.६ प्रतिशत मात्र हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । विश्व बैंकले हालै निकालेको सन २०२१ को पहिलो विश्वव्यापी आर्थिक परिदृष्य रिपोर्टले यस्तो देखाएको हो ।
गत आवमा भने आर्थिक बृद्धिदर ०.२ प्रतिशत मात्र हुने बैंकको भनाइ छ । बिशेषगरि कोरोना कारण आर्थिक बृद्धिदर प्रभावित हुने बताइएको छ ।
कोरोनाका कारण नेपालको पर्यटन क्षेत्र, औद्योगिक लगायतकमा क्षेत्र प्रभावित भएको छ । यी यस्ता कारणले आर्थिक बृद्धिदर खुम्चिने बताइएको छ ।
यस्तै, दक्षिण एसियाली मुलुक मध्ये भारतको आर्थिक बृद्धिदर ९.६ प्रतिशतले घट्ने बताइएको छ । यस्तै, भुटानको ०.७ प्रतिशतले घट्ने विश्व बैंककको भनाइ छ ।
यस्तै, पकिस्तानको आर्थिक बृद्धि ०.५ प्रतिशत, बंगालादेशको १.६ प्रतिशतले बृद्धि हुने प्रक्षेपण गरिएको छ ।
तर, माल्दिम्सको भने ९.७ प्रतिशतले बढ्ने बताइएको छ । समग्र यो बर्ष विश्वभरको आर्थिक बृद्धिदर ४ प्रतिशत हुने अनुमान गरिएको छ ।
प्रतिक्रिया