आइतबारबाट कारोबारमा आएको प्रभू लाइफको शेयरमा आज पनि सक्रात्मक सर्किट लागेको छ ।
न्युन्तम मूल्यबाट कारोबार सुरु भएको यस कम्पनीको मुल्य बढ्ने आशमा कोही लगानीकर्ताहरुले शेयर बेचेका छैनन् ।
उक्त शेयर पाउने आशमा खरिदकर्ताको चाप बढेपछि कम्पनीको शेयरमा आज पनि सकरात्मक सर्किट लागेको हो ।
आज कम्पनीको शेयर ९.४९ प्रतिशतले बढेर १७३ रुपैयाँ पुगेको छ ।
उता, कम्पनीको शेयर बेच्ने कोहि नभए पनि ८ हजार ८ सय १७ लगानीकर्ताले २० लाख २२ हजार कित्ता सेयर खरिदको माग गरेका छन् ।
आज बिक्रेता नभए पनि प्रभु लाइफ इन्स्योरेन्सको ८१ कित्ता शेयर बिक्री भएको देखिएको छ ।
यस अघि १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको प्रभुको आइपीओ १३७ रुपैयाँमा पहिलो खरिद बिक्री भएको थिया ।

प्रतिक्रिया