कारोबारको पहिलो घण्टा : दोहोरो अंकले बढ्यो नेप्से , कारोबार रकम १ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं- बुधबार नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक कारोबारको पहिलो घण्टामा दोहोरो अंकले बढेको छ ।

कारोबार सुरु भएको एक घण्टाको अवधिमा परिसुचकक १७.७६ अंकले बढेर २१८३.२६ को बिन्दुमा पुगेको छ ।

हालसम्म सेन्सेटिभ इन्डेक्स पनि ५.१० अंक बढेर  ४१८.७८ विन्दुमा पुगेको छ । 

कारोबारमा आएका १२ उपसमुह सबै उपसमुह बढेको छ ।

हालसम्म कारोबारमा १८५ कम्पनिको १९ लाख १३ हजार ४८३ कित्ता शेयर ९ हजार ३७८ पटक खरिद बिक्री हुदाँ ९२ करोड ३५ लाख ७१ हजार बराबरको कारोबार भएको छ ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया