काठमाडौं – हाल शतप्रतिशत हकप्रद शेयर बिक्री गर्ने तयारी गरेको नारायणी डेभलपमेन्ट बैंकले त्यसपछि पनि २०० प्रतिशत हकप्रद सेयर ल्याउने भएपछि त्यसको असर शेयर कारोबार पनि देखिएको छ । यसरी लगातर हकप्रद शेयर जारी गर्ने भएपछि अहिले लगानीकर्ताहरु उक्त कम्पनीको शेयर खरिद गर्न खोजीरहेका छन् । फलस्वरुप आज पनि उक्त कम्पनीको शेयर मुल्य सकरात्मक सर्किट लेभलमा बढेको छ ।
मंगलबार उक्त कम्पनीको शेयर मुल्य प्रतिकित्ता ५२३ रुपैयाँ थियो । तर, आज त्यो ९.९४ प्रतिशत अर्थात् ५२ अंकले बढेर ५७५ रुपैयाँ पुगेको छ ।
अहिले उक्त कम्पनीले १०० प्रतिशत हकप्रद जारी गर्ने तयारी गरेको छ । यसका लागि धितोपत्र बोर्डले पनि स्विकृति दिइसकेको छ । यसका अलावा थप २०० प्रतिशत हकप्रद निष्काशन गर्ने प्रस्ताव बैंकले आगामी माघ १६ गते हुने साधारण सभामा लैजादै छ । त्यसपछि यस बैंकको शेयर प्रति लगानीकर्ताको आर्कषण बढेको छ ।
अहिले मार्केट डेप्थ अनुसार यस बैंकको शेयर किन्न चाहाने खरिदकर्ताको चाप छ । तर, बिक्री कर्ता कोही आएका छैनन् । तर, यो समाचार तयार पार्दासम्म यस बैंकको १४५ शेयर खरिद बिक्री भइसकेको छ । नेप्सेको प्लोर सिटले यस्तो देखाएको हो ।
हाल बैंकको चुक्तापुँजी ६ करोड ५६ लाख रुपैयाँ छ । प्रतिशत हकप्रद जारी गरेपछि त्यो १३ करोड १२ लाख पुग्ने छ । त्यसको पनि २०० प्रतिशत हकप्रद आएपछि चुक्तापँजी ३९ करोड ३७ लाख पुग्ने छ ।
साथै, बैंकले राष्ट्र बैंकको निर्देशनअनुसार ५० करोड चुक्तापुँजी बनाउनुपर्ने हुन्छ । त्यो अनुसार बैंकले त्यसपछि पनि हकप्रद ल्याउन सक्छ ।
मार्केट डेप्थ
फ्लोर सिट
प्रतिक्रिया