प्रि ओपनिङ सेसनमा कति अंकले बढ्यो नेप्से ?

५ बर्ष अगाडि

काठमाडौं – बुधबार प्रि ओपनिङ सेसनमा नेपाल स्टक एक्सचेन्ज (नेप्से) ५.३३ अंकले बढेको छ । मंगलबार २१६५.४९ विन्दुमा नेप्से परिसुचक बन्द भएको थियो । आज प्रि ओनिङ सेसनमा भएको कारोबारमा नेप्से ०.२५ प्रतिशतले बढेर २१७०. ८२ विन्दुमा पुगेको छ । आज सोही विन्दुबाट नै नेप्सेको नियमित कारोबार हुनेछ ।  
प्रि ओपनिङमा २६ लाख ३१ हजार रुपैयाँको शेयर कारोबार भएको छ । प्रि–ओपनिङमा ३४ कम्पनीको ५ हजार ९९ कित्ता शेयरको ७० पटक कारोबार भएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया