सामसङले ग्यालेक्सी एस–२१ सिरिजका तीन स्मार्टफोन ल्याउने, कस्तो हुने छ फिचर ?

४ बर्ष अगाडि

काठमाडौं- सामसङले ग्यालेक्सी एस–२१ का स्मार्टफोन सिरिज ग्यालेक्सी एस–२१, ग्यालेक्सी एस–२१ प्लस र ग्यालेक्सी एस–२१ अल्ट्रा चाडैँ सार्वजनिक गर्ने भएको छ।

कम्पनीले जनवरी १४ को नेपाली समयअनुसार ९ बजे एक कार्यक्रम मार्फत् ग्यालेक्सी एस–२१ का मोडल सार्वजनिक गर्ने भएको हो।

यी तीन स्मार्टफोन सामसङले गत वर्ष ल्याएको ग्यालेक्सी एस–२० कै डिजाइनमा नयाँ फिचरका साथ आउने द भर्जले बताएको छ।

सामसङले हालसम्म ग्यालेक्सी एस–२१ का सिरिज कस्ता हुनेछ भन्ने बारे कुनै जानकारी दिएको छैन।

टेक अखबार विनफ्यूचरका अनुसार ग्यालेक्सी एस–२१ का डिस्प्लेका छेउछाउमा हल्का ‘कर्भ’ हुनेछ। यसैगरी ग्यालेक्सी एस–२१ को स्क्रिन ६.२ इन्चको हुनेछ भने ग्यालेक्सी एस–२१ प्लसको स्क्रिन ६.७ इन्चको हुने अनुमान लगाइएको छ।

यो सँगै दुवै ग्यालेक्सी एस–२१ र ग्यालेक्सी एस–२१ प्लसमा ८ जिबी र्याम र १२८ वा २५६ जिबी आन्तरिक स्टोरेज हुन सक्छन्। यी तीनै मोडलमा ५जी फिचरको सुविधा पनि हुने हल्ला छ।

४ बर्ष अगाडि

प्रतिक्रिया