विद्युतको आपुर्ति निरन्तर नै छ, तर विद्युतको विकल्पमा प्रयोग हुने जेनेटरको आयात ह्वात्तै बढ्यो

५ बर्ष अगाडि

काठमाडौं – नेपालमा लोडसेडिङ अन्त्य भएको २÷३ बर्ष नै भइसकेको छ । प्राविधिक कारणले विजुली जाने घटना पनि पछिल्लो बर्ष घट्दै गएको छ । यो अनुसार पछिल्लो समय नेपालमा विद्युत आपुर्तिको समस्या नभएको देखिन्छ । 
तर, विद्युतको बैकल्पीक साधान अर्थात् विद्युतको विकल्पमा प्रयोग हुने जेनेटर, व्याट्रीको आयात ह्वात्तै बढेको छ । भन्सार बिभागको तथ्यांकको मंसिरसम्मको तथ्यांकले यस्तो देखाएको हो । 
मंसिरसम्म जेनेटर आयात साढे ३ सय प्रतिशतले बढेको छ  । गत आवको मंसिरसम्म १५४ थान जेनेटर भित्रिएको थियो । तर, यो बर्ष सोही अवधीमा ७०७ थान भित्रिएको छ । 
यस्तै, व्याट्री आयात पनि ७७ प्रतिशतले बढेको छ । गत आवको समिक्षा अवधीमा १ लाख ७७ हजार ५९८ थान व्याट्री आयात भएका थियो । तर, अहिले ३ लाख १५ हजार ५९८ थान व्याट्री आयात  भएको छ । 
यस्तै, इन्भटर आयात भने घटेको छ । गत आवमा ५६ थान आयात भएको मा यसपाली ५० थान आयात भएको छ ।  
नेपालमा सहज रुपमा विद्युत आपुर्ति भइरहेको बेलामा जेनेटर आयात हुनुलाई अस्वाभाविक ठानिएको छ । 
 

५ बर्ष अगाडि

प्रतिक्रिया