नेप्सेमा नेपाल इन्भेष्टमेण्ट बैंकको शेयरमूल्य समायोजन

५ बर्ष अगाडि

काठमाडौं ।  बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले  नेपाल इन्भेष्टमेण्ट बैंकको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १३ प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू. ४७८ तोकेको हो  ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ बुधवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले १३ प्रतिशत बोनस शेयर ५.५० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्न माघ ८ गते दरबारमार्गमा ३४औं साधारण सभा डाकेको छ ।  

कम्पनीले सभा आफ्नै केन्द्रिय कार्यालय, काठमाडौंमा बिहान १० बजे वार्षिक साधारण सभा बोलाएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया