पछिल्लो २४ घण्टामा थपिइ ५ सय २२ जना नयाँ संक्रमित, थप ८ जनाको मृत्यु

५ बर्ष अगाडि

काठमाडौँ– नेपालमा पछिल्लो २४ घण्टामा थप ५ सय २२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । यससँगै देशभर कोरोना संक्रमितको कुल संख्या २ लाख ६२ हजार ७८४ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मंगलबार ५७८ जना कोरोना संक्रमित डिस्चार्ज भएका छन्। हालसम्म डिस्चार्ज हुनेको संख्या २ लाख ५५ हजार ६६६ पुगेको छ।

हाल देशभर ५ हजार २ सय २५ जना सक्रिय संक्रमित रहेका छन्। गत २४ घन्टामा ४ हजार ५ सय ५१ पीसीआर परीक्षण भएको छ।

यस्तै नेपालमा पछिल्लो २४ घण्टामा थप ८ जना कोरोना संक्रमितको मृत्यु भएको छ। यससँगै देशभर कोरोनाबाट ज्यान गुमाउनेको संख्या १ हजार ८ सय ९३ पुगेको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया