आज नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ३.५४ अंकले घटेर २१६५.५० विन्दुमा पुगेको छ ।
हिजो ६ अंकले २१६९.०४ विन्दुमा बन्द भएको बजार मंगलबार २१६७.८२ विन्दुदेखि खुला भएको हो ।
आज सेन्सेटिभ इन्डेक्स पनि १ दशमलव ४७ अंक घटेर ४१३ दशमलव ६८ विन्दुमा झरेको छ ।
मंगलबार १ करोड ८ लाख रुपैयाँ बराबरको शेयर खरिद बिक्री हुदाँ ४ अर्ब ५६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
आज सबै भन्दा धेरै शिखर इन्स्योरेन्सको ६९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ ।
त्यस्तै, नेपाल लाइफ इन्स्योरेन्सको २५ करोड ९० लाख रुपैयाँ बराबरको हेयर कारोबार भएको छ ।
आज नेप्सेमा कारोबारमा आएका १७५ कम्पनी मध्य ९४ कम्पनीको शेयर मूल्य बढेको छ भने ७३ कम्पनीको शेयर मूल्य घटेको छ ।
त्यस्तै, ८ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।
प्रतिक्रिया