काठमाडौं, मंगलबार नेपाल स्टक एक्सेन्ज(नेप्से) परिसुचक कारोबारको तेस्रो घण्टासम्म आउँदा ७.७१ अंकले बढेर २१७६.७४ को बिन्दुमा पुगेको छ ।
आज नेप्से परिसुचक २१६९.०३ को बिन्दुबाट सुरु भएको कारोबार ३ घण्टाको अवधिमा ०.३६ प्रतिशतले बढेको छ । सेन्सेटिभ भने ०.८३ अंकले बढेर ४१५.९९ को बिन्दुमा पुगेको छ ।
कारोबारका १२ उपसमुहमध्ये ३ घण्टाको अवधिमा ५ वटा उपसमुह भने ओरालो लागेका छन् । बैकिङ समुह ०.२, व्यापार १३८.७८, होटेल ७.९, लद्युवित्त ५.६१ र सामुहिक लागानी कोष ०.०२ अंकले ओरालो लागेको छ ।
यस्तै हालसम्म कारोबारमा आएका २०५ कम्पनिको ७३ लाख ६६ हजार ४०६ कित्ता शेयर २९ हजार ३६२ पटक खरिद बिक्री हुँदा ३ अर्ब १९ करोड ७९ लाख बराबरको कारोबार भएको छ ।
प्रतिक्रिया