हकप्रद निष्काशनको अनुमति पाएसँगै नारायणी बैंकको शेयर बेच्ने शून्य, लाग्यो सकरात्मक सर्किट

५ बर्ष अगाडि

आज नेप्सेमा नारायणी बिकाश बैंकको शेयर खरिदकर्ता बढेका छन् । 

बैंकलाई हिजा धितोपत्र बोर्डले १ः१ को अनुपातमा हकप्रद सेयर निष्काशनको अनुमति दिएसँगै आज बैंकको शेयर खरिदकर्ता बढेका हुन् ।

अहिले सम्ममा ८१ लगानीकर्ताहरुले ४७ हजार कित्ताको माग गरिरहँदा बैंकको शेयर बिक्री गर्ने भने शुन्य रहेका छन् ।

त्यस्तै, आज बैंकको शेयर मूल्यमा सकरात्मक सर्किट लागेको छ । 

बैंकको शेयर मूल्य ९.८७ प्रतिशतले बढेर ५२३ रुपैयाँ पुगेको छ । 

अब बैंकले छिटै १०० रुपैयाँ मूल्य बराबरको ६ लाख ५६ हजार १६९ कित्ता सेयर बिक्रि गर्नेछ । 

५ बर्ष अगाडि

प्रतिक्रिया