टिकटकमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन : टिकटक भिडियो बनाँउ २० हजार जितौँ

५ बर्ष अगाडि

काठमाडौं, नेपाल पर्यटन बोर्डले टिकटकमार्फत आन्तरिक पर्यटन प्रवर्द्धन सुरु गरेको छ।

कोभिडको च्पेटामा परेको पर्यटन क्षेत्रलाई चलायमान बनाउन टिकटक प्रतिस्पर्धा समेत सुरु गरिएको हो । 

कार्यकारी अधिकृत धनन्जय रेग्मीले बोर्डले तत्काल विदेशी पर्यटक आउने सम्भावना कम भएको भन्दै आन्तरिक पर्यटकमार्फत पर्यटकीय गतिविधि बढाउने प्रयास थालेको बताएका छन् ।

बोर्डले २२औँ वार्षिकोत्सवको अवसर पार्दै टिकटक प्रतिस्पर्धा सुरु गरेको हो । बजेटमा उल्लेख भएको ‘देश दर्शन कार्यक्रमलाई’ सहयोग पुग्ने गरी देशका विभिन्न ठाउँमा घुमेर टिकटक बनाउनेलाई २० हजारसम्म पुरस्कार दिने व्यवस्था गरेको छ।

प्रतिस्पर्धामा भाग लिनको लागि पर्यटकले नेपाली र अंग्रेजी दुवै भाषामा टिकटक बनाउन सक्नेछन्।

सहभागीले टिकटक बनाएर ह्यासट्याग नेपाल टुरिजम बोर्ड र ह्यसट्याग देशदर्शन लेखी ‘पब्लिस’ गर्नुपर्नेछ । साथै बोर्डको टिकटक एकाउन्ट समेत ट्याग गर्नुपर्ने बोर्डले उल्लेख गरेको छ। टिकटक भिडियो कम्तिमा १५ सेकेन्डदेखि १ मिनेटसम्म हुनुपर्नेछ।

५ बर्ष अगाडि

प्रतिक्रिया