आकर्षक लाभांश पाउने भएपछि शिखर इन्स्येरेन्सको शेयर किन्नेको चाप, ४६ करोडको कारोबार

५ बर्ष अगाडि

आजै लाभांश प्रस्ताव गरेको शिखर इन्स्येरेन्सको नेप्सेमा शेयर खरिद गर्नेको चाप बढेको छ । 

कम्पनीको संचालक समिति आज  गत आवको मुनाफाबाट इन्स्येरेन्सले ३८।१ प्रतिशत बोनस शेयर र कर प्रयोजनको लागि समेत १।९ प्रतिशत नगद गरि कुल ३८ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव पश्चात कम्पनीको शेयर किन्ने बढेका हुन् । 

नेप्से खुलेको दुई घण्टा सम्म आइपुग्दा कम्पनीकोे १ लाख ८१ हजार शेयर माग भएको छ भने कम्पनीको ५० हजार शेयर बिक्रीका लागि राखिएको छ । 

आज इन्स्येरेन्सको सबै भन्दा धेरै कारोबार भएको छ । 

यो समय सम्म आउँदा कम्पनीको ४६ करोड बराबरको कारोबार भएको देखिएको छ । 

त्यस्तै, कम्पनीको शेयर मूल्य पनि ३ प्रतिशतले बढेर १९ सय ८ रुपैयाँ पुगेको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया