नयाँ वर्षसंगै रिया चक्रवर्तीको कम ब्याक

५ बर्ष अगाडि

काठमाडौं, सुशान्त सिंह राजपूतको मृत्युको घटना पछि  मीडियाको निशानामा परेकि रिया चक्रवर्ती पुनः फिल्म इन्डस्ट्रीमा फर्कने तरखरमा छिन् । “२०२० रियाका लागि अत्यन्त डर लाग्दो सावित भएको थियो । तर, हाल भने उनी डरबाट बाहिरिने अवस्थामा छिन् । उनी यसै वर्षको सुरुवातमा पुनः फिल्म उद्योगमा फर्कनेछिन्,” साथी रुमी जेफरीले बताइन् ।

एक मध्यम वर्गीय परिवारकी महिला एक महिनासम्म जेलमा बिताउदा मानसिक रुपमा पीडित भएको रुमीले बताइन् । “उनी हाल कम बोल्न थालेकि छन् । चुपचाप बस्छिन् । रिया मजबुत युवती हुन् । यस्तोमा पनि मजबुतीका साथ फिर्ता हुन लागेकि छन्,” रुमीले बताइन् ।

५ बर्ष अगाडि

प्रतिक्रिया