आज पनि बिक्री भयो प्रभु लाइफको शेयर, यी हुन शेयर खरिद बिक्री गर्ने ब्रोकर

५ बर्ष अगाडि

काठमाडौं – आइतबारदेखि नियमित शेयर कारोबारमा आएको प्रभु लाइफ इन्स्योरेन्सको मंगलबार ३० कित्ता शेयर बिक्री भएको छ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को मार्केट प्लोर सिटअनुसार आज पहिलो घण्टामा उक्त कम्पनीको ३० कित्ता शेयर किने बेच भएको छ ।
उक्त कम्पनीको शेयर कारोबार तल्लो रेन्जको नजिकबाट सुरु भएको छ । फलस्वरुप शेयर मुल्य सस्तो हुदाँ यसको शेयर खरिद गर्न चाहने लगानीकर्ताहरुको अझै चाप छ । मुल्य बढ्ने आशमा बिक्रीकर्ता नआएपनि आज पनि ३० कित्ता शेयर खदिर बिक्री भएको छ । 
आज प्रतिकित्ता १५८, १५५ र १५२ रुपैयाँमा उक्त कम्पनीको शेयर खरिद बिक्री भएको छ । ब्रोकर नम्बर ५०, ११ र २६ ले उक्त कम्पनीको शेयर बिक्री गरेका छन् । शेयर बिक्री गर्नेमा भने ब्रोकर नम्बर २६, ४९ र ४८ रहेका छन् । 
रकमका आधारमा उक्त कम्पनीको ४ हजार ६५० रुपैयाँको कारोबार भएको छ । 
नेप्सले १ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज दिएको थियो । तर, शेयर १३७ रुपैयाँमा पहिलो खरिद बिक्री भएको हो ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया