काठमाडौँ- पछिल्लो २४ घण्टामा काठमाडौँ उपत्यकामा थप १८५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १४०, भक्तपुरमा २४ र ललितपुरमा २१ जना कोरोना संक्रमित थपिएका छन्।
मन्त्रालयका अनुसार हाल देशभर २०९ जना कोरोना संक्रमितको आईसीयूमा र ३४ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिक्रिया