नेप्सेमा ६.३६ अंकको गिरावाट, कारोबार रकम ६ अर्ब नजिक

५ बर्ष अगाडि

काठमाडौं -आज नेपाल स्टक एक्सेन्ज (नेप्से) परिसुचक ६.३६ अंकले घटेर २१६९.०४ विन्दुमा पुगेको छ ।

आइतवार ८८.१२ अंकले बढेर २१७५.३९ विन्दुमा बन्द भएको बजार सोमवार २२०७.०५ विन्दुदेखि खुला भएको हो । 

अघिल्लो कारोबार दिन आइतवारको तुलनामा २ बजेर १८ मिनेटसम्म बढेको बजार त्यसपछि भने घटेर बन्द भएको हो । 

यो दिन सेन्सेटिभ इन्डेक्स पनि शून्य दशमलव ७३ अंक घटेर ४१५ दशमलव १५ विन्दुमा झरेको छ । अघिल्लो कारोबार दिनको तुलनामा कारोबार रकम पनि घटेको छ । सोमवार रू। ५ अर्ब ९६ करोड १७ लाख ३३ हजार बराबरको शेयर कारोबार भएको हो । 

अघिल्लो कारोबार दिन यो रकम रू। ६ अर्ब ३४ करोड ४० लाख १७ हजार रहेको थियो । सोमवार २०२ कम्पनीको ४६ हजार १ पटकको व्यापारमा १ करोड १६ लाख ४३ हजार ४२९ कित्ता शेयर कारोबार भएको हो । यो दिन सर्वाधिक रकमको शेयर कारोबार नेपाल पुनर्बीमा कम्पनीको भएको छ । 

विगत तीन सातादेखिको नेपाल लाइफ इन्स्योरेन्सले कायम गरिरहेको सर्वाधिक रकमको कारोबार गर्ने कम्पनीको स्थान सोमवार भने नेपाल पुनर्बीमाले ओगटेको छ । उक्त कम्पनीको रू। ४६ करोड ८ लाख ६८ हजार बराबरको शेयर कारोबार भएको हो ।

सर्वाधिक रकमको कारोबार भएको यस कम्पनीको शेयरमूल्य पनि प्रतिकित्ता रू। ४२ ले बढेर रू। १ हजार ५२० पुगेको छ । यो दिन सर्वाधिक रकमको कारोबार दोस्रोमा नेपाल लाईफ इन्स्योरेन्सको भएको छ ।

यस कम्पनीको रू। ४० करोड ७१ लाख २ हजार बराबरको शेयर कारोबार भएको हो ।सोमवारको कारोबारमा पाँच ओटा समूहको परिसूचक बढेको छ भने ६ समूहको कम्पनीको घटेको छ । म्युचुअल फण्डको परिसूचक भने यस दिन स्थिर रहेको छ ।

 यो दिन वित्तको शून्य दशमलव ६४ प्रतिशत, अन्यको शून्य दशमलव ५५ प्रतिशत, निर्जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशत, विकास बैंकको शून्य दशमलव ३९ प्रतिशत र जलविद्युतको शून्य दशमलव १३ प्रतिशत परिसूचक बढेको हो । यस दिन उत्पादन तथा प्रशोधनको १ दशमलव ७६ प्रतिशत, बैंकिङको शून्य दशमलव ६८ प्रतिशत, जीवन बीमाको शून्य दशमलव ५४ प्रतिशत, व्यापारिकको शून्य दशमलव १५ प्रतिशत, लघुवित्तको शून्य दशमलव १४ प्रतिशत र होटलको शून्य दशमलव शून्य १ प्रतिशत प्रतिशत परिसूचक घटेको हो ।

५ बर्ष अगाडि

प्रतिक्रिया