काठमाडौं । प्रभु इन्स्योरेन्स लिमिटेडले पुस ७ गतेदेखि विक्री खुला गरेको संस्थापक शेयरमा गोप्य शिलबन्दी बोलपत्र पेश गर्ने पुस २१ गते मंगलवार अन्तिम दिन रहेको छ ।
कम्पनीले ७ लाख ३५ हजार कित्ता संस्थापक शेयर लिलामीमा विक्री खुला गरेको हो ।
प्रतिकित्ता न्यूनतम शेयर मूल्य रू ३२२ र शेयर खरीदका लागि न्यूनतम २५ हजारदेखि अधिकतम १० अंकले भाग जाने गरी सम्पूर्ण कित्तासम्म माग गर्न सकिने व्यवस्था छ । यो शेयर विक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ ।
प्रतिक्रिया