आईपीओ बाँडफाँड भएपछी हिजोबाट प्रभु लाईफ इन्स्योरेन्सको शेयर कारोबार नेप्सेमा सुरु भएको छ । यस कम्पनीको प्रि ओपनिङ सेसनमा भने न्युन्तम मूल्यबाट शेयर कारोबार सुरु भएको छ ।
कुनै पनि कम्पनीको सुरुवाती कारोबार गर्न नेप्सेले ओपनिङ रेञ्ज प्रदान गरेको हुन्छ । त्यही रेञ्जका आधारमा कम्पनीले पहिलो कारोबार गर्नेगर्दछ । अहिले सम्म आइपीओ निष्काशन गरेर पहिलो कारोबार गरेका सबै बीमा कम्पनीहरुकोे अधिकतम् मूल्यमै शेयर कारोबार भइरहँदा प्रभूको भने न्युन्तम मूल्यबाट शेयर कारोबार भएको छ ।
१ सय ९ रुपैयाँ ५६ पैसादेखि ३ सय २८ रुपैयाँ ६८ पैसासम्मको ओपनिङ रेञ्ज पाएको प्रभुको आइपीओ भने १३७ रुपैयाँमा पहिलो खरिद बिक्री भएको हो। प्रभुको उक्त शेयरहरु सर्वसाधारणले खरिद गरेको नभई कम्पनीहरुका बीचमा मिलाएर खरिद गरेको आशंका गरिएको छ ।
आइपीओ निष्काशन पछि अधिकतम् मूल्यबाट कारोबार सुरु भएको धेरै जसो बीमा कम्पनीको शेयर लगातार १० दिन सम्म सकरात्मक सर्किट लागेको रेकर्ड छन् ।
त्यसैले आम लगानीकर्ताहरुले अति नै सस्तो मूल्यमा बीमा कम्पनीको शेयर बेच्नु पत्यार लाग्दो कुरा होइन् ।
न्युनतम् मूल्यबाट कारोबार खुलाउदाँ कम्पनीको शेयर मूल्य उच्च विन्दुमा पुग्न धेरै समय लाग्ने भएकाले लगानकिर्ताहरुले थोरै नाफामा शेयर बिक्री गर्छन भन्ने मनसायले ब्रोकरहरुले चलखेल गरेको भन्दै धेरै जसो लगानकिर्ताहरुले सामाजिक सञ्जालमा आक्रोश पोखिरहेका छन् ।
आम लगानकिर्ताहरुले थोरै नाफामै आइपीओ बिक्री गर्दा सस्तो मै शेयर उठाउने ब्रोकरहरुको दाउ रहेको छ ।
हिजो प्रभु लाईफको पहिलो आठ वटा शेयर कारोबार ५८ नम्बर ब्रोकरबाट बिक्री गरी ३८ नम्वर ब्रोकरबाट खरिद भएको छ । उक्त शेयर ३८ नम्वर ब्रोकरले खरिद गरेको देखिएको छ ।
त्यस्तै, ४४ नम्वर ब्रोकरबाट बिक्री गरी ४८ नम्बरबाट खरिद गरिएको छ । हिजो प्रभु लाईफ इन्स्योरेन्सको जम्मा १२० कित्ता शेयर कारोबार भएको छ जुन ब्रोकरहरुको मिलेमत्तोमा भएको हो ।

प्रतिक्रिया