आइपीओ जारी गर्न लागेको चन्द्रागिरी हिल्सको कस्तो छ वित्तीय अवस्था ?

५ बर्ष अगाडि

भख्ररै मात्र आयोजना प्रभावित स्थानीयलाई आईपीओ निष्काशन गरेको चन्द्रागिरी हिल्स लिमिटेडले दोस्रो चरणमा सर्वसाधारणका लागि आइपीओ निष्काशन गर्दैछ । 

कम्पनीले पहिलो चरणमा ३ करोड ६ लाख रुपैयाँ बढीको आईपीओ निष्कासन गरेको थियो । 

अब दोस्रो चरणमा कम्पनीले यही पूस २४ गतेबाट १८ करोड ४० लाख ९१ हजार रुपैयाँ बराबरको १८ लाख ४० हजार ९१० कित्ता आइपीओ निष्काशन गर्ने छ । 

कम्पनीले जारी गर्न लागेको आइपीओ हालको चुक्ता पूँजीको १२ प्रतिशत बराबरको हो । 

आइपीओपछि कम्पनीको कुल चुक्ता पूँजी १ अर्ब ५३ करोड रुपैयाँ पुग्नेछ ।

कम्पनीले आगामी २ आर्थिक वर्षमा नेटवर्थ १०९.२४ र १२२.०७ पुग्ने प्रक्षेपण गरको छ ।

यस अघि कम्पनीको नेटवर्थ ०७३\०७४ मा ९४.५२ ०७४र७५मा  ९६.६३ ७५र७६ मा ९६.६९ र ७६/७७ मा ८४.८८ रहेको छ ।

यसैगरी, चालू आर्थिक वर्षमा ४ रुपैयाँ प्रतिसेयर आम्दानी पुग्ने प्रक्षेपण गरेको यो कम्पनीले त्यसपछिका आगामी २ आर्थिक वर्षमा २३.५४ रुपैयाँ र ३२.८४ रुपैयाँ पुग्ने प्रक्षेपण गरेको छ ।

कम्पनीले चालु आर्थिक वर्ष २०७७/७८ मा ६ करोड १३ लाख रुपैयाँ नाफा हुने प्रक्षेपण गरिएकोमा आउँदो वर्ष २०७८/७९ मा भने यस्तो नाफा बढेर ३६ करोड ११ लाख रुपैयाँ हुने अनुमान गरिएको छ।

कम्पनीले सञ्चालन मुनाफा पनि आर्थिक वर्ष २०७९/८० मा ८२ करोड १७ लाख रुपैयाँको उचाइमा पुग्ने अनुमान गरेको छ ।  

चालु वर्ष १४ करोड ५७ लाख रुपैयाँ ऋणात्मक हुने भनिएको जगेडा कोषको आकार आउँदो वर्ष भने १४ करोड १७ लाख रुपैयाँले धनात्मक हुने र आर्थिक वर्ष २०७९र८० बढेर ३३ करोड ८६ लाख रुपैयाँ हुने प्रक्षेपण गरिएको छ।

५ बर्ष अगाडि

प्रतिक्रिया