२ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन, साधारणसभा कहिले ?

५ बर्ष अगाडि

आज सोमबार २ कम्पनीको लाभांश सुरक्षित गर्ने अन्तिम दिन रहेको छ । 

उक्त कम्पनी मध्य एक वाणिज्य बैंक र एक फाइनान्स कम्पनी रहेको छ । 

एनसीसी बैंकले साधारणसभा प्रयोजनको लागि पुस २१ गते बुक क्लोज गर्ने भएपछि आज सम्म कायम शेयरधनीहरुले मात्र बैंकको लाभांश पाउनेछन् ।

यस अघि बैंकले आर्थिक वर्ष २०७६र७७ को मुनाफाबाट  १०।२६९५ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ०।५४०५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

उक्त प्रस्ताव पारित गर्न बैंकले माघ ९ गते शुक्रबार आफ्नै केन्द्रीय कार्यालयमा भर्चुअल माध्यमबाट साधारणसभा आह्वान गरेको छ । 

त्यस्तै, ८ प्रतिशत बोनस तथा कर प्रयोजनको लागि ३।४ प्रतिशत नगद लाभांश वितरण गर्न लागेको गुहेश्वरी मर्चेन्ट बैंकिंग एण्ड फाइनान्सको पनि लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । 

कम्पनीले पूस २८ गते ललितपुरमा सभा आह्वान गरेको छ ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया