आज नेपाल स्टक एक्सचेन्ज नेप्सेमा प्राइम कमर्शियल बैंकको शेयर मूल्य समायोजन भएको छ ।
शेयर मूल्य समायोजन पछि बैंकको शेयर मूल्य ४०७ कायम भएको छ ।
बैंकले साधारणसभा प्रयोजनको लागि आज बुक क्लोज गरेको हो ।
बैंकले आफ्ना लगानीकर्ताहरुलाई गत आवको मूनाफाबाट १५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव गरेकोछ ।
उक्त लाभांश वितरणका लागि बैंकले पुस २९ गते साधारणसभा आह्वान गरेको छ ।
प्रतिक्रिया