काठमाडौँ- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १९७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
स्वास्थ्य मन्त्रालयका अनुसार काठमाडौँमा १६०, भक्तपुरमा ११ र ललितपुरमा २६ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा देशभर ४ सय २१ जना कोरोना संक्रमित थपिएका थिए ।
हाल देशभर १९९ जना कोरोना संक्रमितको आईसीयुमा र ३५ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ।
प्रतिक्रिया