काठमाडौं- अहिलेको अवस्थामा प्रधानमन्त्रीलाई संसद् विघटन गर्ने अधिकार नभएको प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वोच्च अदालतमा जवाफ पठाएका छन् ।
संसद विघटन असंवैधानिक भएको भन्दै परेको रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री र सभामुखलाई समेत विपक्ष बनाएर सर्वोच्चले रिट गरेको थियो ।
प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वको संवैधानिक इजलासले सभामुख सापकोटासँग संघीय संसद् सचिवालयमा पार्टीका सांसदहरूको विवरण र प्रधानमन्त्री ओलीविरुद्ध नेकपा सांसदहरूले दर्ता गराएको अविश्वास प्रस्तावको समयसहितको कागजात पुस १९ गतेसम्म पेस गर्न आदेश दिएको थियो।
उक्त जवाफ सभामुख सापकोटाले आइतबार लिखित रुपमा पठाएका हुन् । संसदबाट अर्को प्रधानमन्त्री बन्ने अवस्था रहँदारहँदै संसद् विघटन गर्न नमिल्ने जवाफ दिएका छन् ।
साथै उनले आफू रिटको विपक्षमा नभएको समेत उल्लेख गरेका छन् ।
प्रतिक्रिया