काठमाडौं, साताको पहिलो दिन आइतबार नेपाल स्टक एकक्सेन्ज(नेप्से) परिसुचक 'इन्ट्रा डे अलटाइम हाइ' रेकर्ड तोडदै उच्च बिन्दुमा पुगेको छ ।
आज कारोबार सुरु भएको ४ घण्टाको अवधिमा परिसुचक ८८.१२ अंकले बढेको हो । परिसुचक ४.२२ प्रतिशतले बढ्दा २१७५.३९ को बिन्दुमा पुगेको छ । जुन बिन्दु हालसम्मकै उच्च हो ।
यसअघि नेप्सेले इन्ट्रा डे कारोबारमा २१२८.८५ विन्दुको रेकर्ड कायम गरेको थियो। आइतबार उक्त रेकर्डलाई ताडिएको हो।
कारोबारको अन्तिम समयसम्म कारोबारमा आएका २१२ कम्पनिको १ करोड ४० लाख २६ हजार ८८६ कित्ता शेयर ५४ हजार ६९८ पटक खरिद बिक्री हुदाँ ६ अर्ब ३४ करोड ४० लाख बराबरको कारोबार भएको छ ।
यस्तै कारोबारमा नेपाल जीवन बीमा कम्पनिले ५० करोड ९५ लाख बराबरको कारोबार गर्दै उच्च स्थानमा पुगेको छ ।
प्रतिक्रिया