काठमाडौं- नेपाल धितोपत्र बजारको सबैभन्दा ठूलो आईपीओ निष्काशन गर्न लागेको नेपाल इन्फ्रास्ट्रक्चर बैंकले माघको पहिलो सातादेखि शेयर बिक्री खुला गर्ने भएको छ।
बैंकका प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डेले माघको पहिलो साता भित्र आईपीओ बिक्री खुला गर्ने तयारी भइरहेको बताएका छन् । उनले म्युचुअल फण्डलाई कति कित्ता दिने भन्ने निर्णय भई धितोपत्र बोर्डमा जानकारी गराइसकेको बताए। सो निर्णय बोर्डबाट स्वीकृत भएपश्चात पुस २१ वा २२ गते भित्र आह्वान पत्र प्रकाशित गर्ने तयारीमा रहेको मेरोलगानीलाई बताएका छन ।
बैंकले अधिकृत पूँजी ४० अर्ब, जारी पूँजी २० अर्ब र चुक्ता पूँजी १२ अर्ब रहेको यस बैंकले बोर्डबाट ८ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ। आईपीओ निष्काशनपश्चात बैंकको चुक्ता पूँजी २० अर्ब रुपैयाँ पुग्नेछ।
बैंकले जारी गर्न लागेको आइपीओको प्रत्याभूतकर्ता नागरिक लगानी कोष रहेको छ भने शेयर निष्काशन तथा तथा बिक्री प्रवन्धक एनआईबिएल एस क्यापिटल लिमिटेड रहेको छ।
प्रतिक्रिया