४८.३२ अंकले बढ्यो नेप्से, हालसम्मकै उच्च बिन्दुमा

५ बर्ष अगाडि

काठमाडौं,नेपाल स्टक एक्सेन्ज (नेप्से) केहीबाट उकालोको यात्रातय गदै हालसम्मकै उच्च बिन्दुमा पुगेको छ ।

आइतबार २०८७.२७ को बिन्दुबाट सुरु भएको कारोबार १ घण्टाको अवधिमा ४८.३२ अंकले बढेर २१३५.५९ को बिन्दुामा पुगेको छ । जुन बिन्दु हालसम्मकै उच्च रहेको छ ।

नेप्से परिसुचक १२ बजेसम्म आउँदा २.३१ प्रतिशतले बढेको हो ।

शेयर बजारमा भएको सकरात्मक सुधार सगै कारोबारका १२ उपसमुहमा सबै उपसमुह उकालो लागेका छन् । व्यापार समुह २०६.३३, बैंकिङ समुह ३७.६३, विकास बैंक १८.०३ र जीवन बीमा ४५९.३६ अंकले उकालो लागेका छन् ।

एक घण्टाको अवधिमा कारोबारमा आएका १९३ कम्पनिको २९ लाख २५ हजार ४५८ कित्ता शेयर १२ हजार ३४ पटक खरिद बिक्री हुदाँ १ अर्ब ५० करोड ९५ लाख बराबरको कारोबार भएको छ ।

यस्तै कारोबारमा आएका कम्पनिमध्ये नेप्सेको कारोबार सुरु भएको केही समयमा नै हिमालयन डेस्टिेलेरी र साल्ट्र टेनिङको शेयर मुल्यमा सकरात्मक सर्किट लागेको थियो ।
 

५ बर्ष अगाडि

प्रतिक्रिया