प्रभु लाइफको ओपनिङ कारोबार १३७ रुपैयाँमा मात्र, मुल्य सस्तो खरिदकर्ताको उच्च चाप

५ बर्ष अगाडि

काठमाडौं – तल्लो ओपनिङ रेन्जबाट शेयर कारोबार खुलेपछि प्रभु लाइफ इन्स्योरेन्सको शेयर खरिद गर्ने लगानीकर्ताको चाप देखिएको छ । गत हप्ता नेप्सेमा २ अर्ब बराबरको शेयर सुचिकृत भएसँगै आजदेखि उक्त कम्पनीको शेयर कारोबार नियमित रुपमा नै  सुरु भएको छ । तर, तल्लो ओपनिङ रेन्जमा कारोबार सुरु भएपछि शेयर मुल्य सस्तो भएको छ र खरिदकर्ताको चाप देखिएको छ । 
नेप्सेले कम्पनीको ओपनिङ रेन्ज १०९.५६ देखि ३२८.६८ रुपैयाँ तोकेको थियो । प्राय अधिकांश कम्पनीको शेयर कारोबार उच्च रेन्जबाट सुरु हुन्छ । तर, यस कम्पनीको तल्लो विन्दुबाट कारोबार सुरु भएपछि शेयर मुल्य सस्तो भएको छ । फलस्वरुप खरिद कर्ताको उच्च चाप देखिएको छ । यद्यपि, शेयर बिक्री गर्ने लगानीकर्ता भने अझै कोही आएका छैनन् । नेप्सेको मार्केट डेप्थअनुसार बिक्रीकर्ताको संख्या शुन्य रहेको छ । 
हाल कम्पनीको शेयर मुल्य १३९ रुपैयाँ पुगेको छ । आज उक्त कम्पनीको शेयर कारोबार रु. १३७ बाट सुरु भएको थियो । हालसम्म आउँदा त्यो २ अंकले मात्र बढेको छ । 
आज प्रभु लाइफको उच्च रेन्ज अर्थात् ३२८ रुपैयाँ भन्दा बढी मुल्यबाट शेयर कारोबार सुरु हुने अपेक्षा गरिएको थियो । तर, अधिकांश लगानीकर्ताको अपेक्षा विपरित न्यून रेन्जबाट उक्त कम्पनीको शेयर कोरोबार सुरु भएको छ । 


 

५ बर्ष अगाडि

प्रतिक्रिया