सन् २०२१ शुरु भएपछिको पहिलो कारोबारमै सेयर बजारले नयाँ किर्तिमान कायम गरेको छ ।
आइतबार खुलेको एक घण्टा नपुग्दै सेयर बजार सूचक ४० अंकमाथि पुगेर नयाँ किर्तिमान कायम गरेको हो ।
बजार खुल्ने बित्तिकै तीन कम्पनी हिमालयन डिस्टिलरी, साल्ट ट्रेडिङ र बोटलर्स नेपाल तराइको सेयर मूल्यमा सकारात्मक सर्किट ब्रेकर लागेको छ।
बजारलाई वाणिज्य बैंक, अन्य, बीमा, ब्यापार र उत्पादन तथा प्रशोधन समूहले उचालेको छ। बजार सूचक उक्लिएपछि कारोबार रकममा पनि सुधार देखिएको छ।
सूचक २१ सय ३९ अंक हाराहारी पुगिसकेको छ। बजारमा प्राइम कमर्सियल बैंकमा लगानीकर्ता एकदमै सक्रिय देखिएका छन्।
प्रतिक्रिया