काठमाडौं- सन् २०२० मा २० लाख पर्यटक भित्र्याउने सरकारको लक्ष थियो । यो सँगै नेपाल सरकारले भ्रमण वर्ष घोषण पनि गरेको थियो ।
तर कोरोना महामारीका कारण २ लाख ३० हजार ८५ जना पर्यटक मात्रै नेपाल भित्रिएका अध्यागमन विभागले जनाएको छ ।
एक लाख ८३ हजार एक सय ३० जना हवाईमार्ग र ४६ हजार नौ सय ५५ जना विभिन्न नाका हुँदै स्थलमार्गबाट नेपाल आएका हुन् ।
यो संख्या अघिल्लो वर्षको तुलनामा झन्डै ८० प्रतिशत कम हो । सन् २०१९ मा ११ लाख ९७ हजार पर्यटक नेपाल आएका थिए ।
विभागका अनुसार सन् २०२० मा एक सय ७० देशबाट विदेशी पर्यटकहरु नेपाल आएका हुन् । सबैभन्दा धेरै भारतबाट ४० हजार ३ सय ३६ पर्यटक नेपाल भित्रिएका थिए । यस्तै म्यानमारबाट २० हजार ९ सय ११, थाइल्याण्डबाट २० हजार ७ सय ७८ भित्रिएका हुन् ।
भने चीनबाट १९ हजार दुई सय ५७, अमेरिकाबाट १७ हजार सात सय ६७, श्रीलंका १३ लाख ३ सय २८, बेलायतबाट ११ हजार ७ सय ६२ जना नेपाल आएका हुन् ।
त्यस्तै २०२० मा विदेशमा रहेका चार लाख ९१ हजार ४ सय ४८ नेपाली स्वदेश फर्किएका विभागले जनाएको छ ।
प्रतिक्रिया