नेकपा मिलाउन चिनियाँ एक टोली गोप्य रुपमा नेपालमै रहेकाे भारतकाे दावी

५ बर्ष अगाडि

विभाजनको औपचारिक घोषणा मात्र बाँकी रहेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मिलाउन चिनियाँ एक टोली गोप्य रुपमा नेपालमै रहेको भारतको एक पत्रिकाले दावी गरेको छ । 

भारतीय पत्रिका दि हिन्दुस्तान टाइम्सले चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपालको राजनीतिक कोर्सलाई प्रभावित पार्ने कोसिस जारी राखेको र तीन सदस्यीय टोलीलाई काठमाडौंमै राखेको दावी गरेको हो।

 उच्च स्रोतलाई उल्लेख गर्दै सो पत्रिकाले भनेको छ, ‘चीनले नेपालमा गुप्त प्रयास गरिरहेको छ । अहिले चिनियाँ कम्युनिष्ट पार्टीको तीन सदस्यीय टिमलाई कार्यभार सुम्पिएको छ ।’

चिनियाँ कम्युनिष्ट पार्टीका अन्तर्राष्ट्रिय विभागका उपमन्त्री कुओ यैचौ नेपाल आएर फर्केपनि गोप्य रुपमा अर्को एकटोली काठमाडौंमा रहेको र टोलीले नेपाली राजनीतिज्ञहरुलाई भेटघाट गरिरहेको दाबी समेत सो पत्रिकाले गरेको छ ।

नेपालको मामिला लामो समयदेखि हेरिरहेका चिनियाँ कम्युनिष्ट पार्टीका नेताहरु अहिले काठमाडौंमा रहेको भन्दै सो पत्रिकाले ती अधिकारीहरुको नाम नै प्रकाशित गरेको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया