आईसीएफसी फाइनान्सको शेयर मूल्य समायोजन : २ बाट घटेर   रु २ सय ६२ कायम

५ बर्ष अगाडि

नेपाल स्टक एक्सचेञ्ज ९नेप्से०ले आइतवार आईसीएफसी फाइनान्स लिमिटेडको बोनस शेयरको मूल्य समायोजन गरेको छ ।

नेप्सेले १० दशमलव ५० प्रतिशत बोनस शेयरको समायोजनपछि शेयरमूल्य रू। २६२ तोकेको छ ।

कम्पनीको अघिल्लो कारोबारको दिन अर्थात बिहीवार कायम अन्तिम शेयरमूल्य रू। २९० को आधारमा शेयरमूल्य समायोजन भएको हो ।

कम्पनीले लाभांश तथा साधारण सभा प्रयोजनार्थ आइतवार बुकक्लोज गरेसँगै नेप्सेले शेयरमूल्य समायोजन गरेको हो । 

कम्पनीले १० दशमलव ५० प्रतिशत बोनस शेयर र ४ दशमलव ७० प्रतिशत नगद लाभांश ९कर समेत० पारित गर्न पुस २९ गते वार्षिक साधारण सभा बोलाएको छ । 

५ बर्ष अगाडि

प्रतिक्रिया