एनआईसी एशिया बैंक लिमिटेडले आजदेखि विभिन्न ४ कम्पनीहरुको संस्थापक शेयर बिक्री गर्ने भएको छ।
विभिन्न समयमा बोलपत्रमार्फत शेयर बाँडफाँड गरी बाँकी रहेको संस्थापक समूहको शेयर लिलाम बढाबढ गरी बिक्री गर्न लागिएको हो ।
बैंकले नागरिक लगानी कोषको २ लाख २ हजार ५६० कित्ता, नेशनल लाइफ इन्स्योरेन्सको १ लाख ३ हजार ९७६ कित्ता, एशियन लाइफ इन्स्योरेन्सको १ लाख ३० हजार २९० कित्ता र सूर्या लाइफ इन्स्योरेन्सको १ लाख ९० हजार ३७४ कित्ता संस्थापक शेयर लिलाम बिक्री गर्न लागेको बैंकले जनाएको छ ।
बैंकले आज सो शेयर बिक्रीका लागि शिलबन्दी बोलपत्र आह्वान गरेकोले सो शेयर खरिदका लागि योग्य लगानीकर्ताहरुले पुस १९ गतेदेखि २४ गतेसम्ममा शिलबन्दी बोलपत्र पेश गर्न सक्नेछन्।
उक्त शेयरहरु खरिद गर्न इच्छुक योग्य लगानीकर्ताहरुले सिटिजन इन्भेष्टमेण्ट ट्रष्टको हकमा प्रतिकित्ता रु। १ हजार ७१५, नेशनल लाइफ इन्स्योरेन्सको हकमा प्रतिकित्ता रु। ५५०, एशियन लाइफ इन्स्योरेन्सको हकमा प्रतिकित्ता रु। ४६९ र सूर्या लाइफ इन्स्योरेन्सको हकमा प्रतिकित्ता रु। ३३७ मा नघट्ने गरी दर तोकेको छ । त्यसैले किन्न इच्छुक लगानीकर्ताले प्रतिकित्ता के कति दर भाउमा लिन कबुल गर्ने हो शर्तहरुको अधिनमा रही गोप्य शिलबन्दी बोलपत्र आवेदन पेश गर्न सक्ने बैंकले जनाएको छ ।
बोलपत्र आवेदन फाराम प्राप्त गर्ने र बुझाउँने स्थानहरुः एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं र एनआइसी एशिया बैंक लिमिटेडको कर्पोरेट कार्यालयः ट्रेड टावर थापाथली तथा शाखा कार्यालयहरुः विराटनगर–३ मोरङ्ग, आदर्शनगर बिरगंज पर्सा, महेन्द्रपुल पोखरा, श्रवनपथ बुटवल, हस्पिटल लाइन धनगढी र विरेन्द्रचोक सुर्खेत रहेको छ ।
प्रतिक्रिया