नेकपा पुन एकीकरणका लागि दबाब समूह गठन, के एकताको सम्भव होला ?

५ बर्ष अगाडि

काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी (नेकपा) दुई पक्षलाई पुनः एकीकरणका लागि  ‘दबाब समूह’ गठन भएको छ । 

प्रधानमन्त्री केपी शर्मा ओली र प्रचण्ड–माधव समूहबीच एकता कायम गर्न दबाब दिने गरी नेकपामा आस्थावान् ५०१ सदस्यीय दबाब समूह गठन गरिएको छ।

काठमाडौंमा भएको भेलाले राम कार्की कायस्थको संयोजकत्वमा दबाब समूह गठन भएको हो। दबाब समूहले पार्टी एकता बचाउन पार्टी कार्यालयमा धर्ना दिने बताइएको छ। दुवै गुटलाई एक गराउने उद्देश्यका साथ बनेको दबाब समूहले सार्थकता प्राप्त गर्ने पनि बताइएको छ ।

दबाब समूहले छिट्टै बृहत भेला गरी दबाबका नयाँ कार्यक्रम घोषणा गर्ने बताइएको छ। गुटको भेलामा हजार जना हुनुभन्दा एकता दबाब भेलमा १० जना सहभागी हुनुले विशेष अर्थ राख्ने दबाब समूहका सदस्यहरुको भनाई थियो।

५ पुसमा नयाँ जनादेशमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि यसकोविरुद्धमा प्रचण्ड-नेपाल समुह सडक संघर्षमा उत्रिएका छन् ।
 
यसअघि प्रतिनिधिसभा विघटनविरुद्ध पहिलो चरणका आन्दोलनको कार्यक्रम गरेको प्रचण्ड-नेपाल समूहले आज दोस्रो चरणका कार्यक्रम घोषणा गरेका छन् । 

कानुनी रुपमा विभाजन भइनसके पनि राजनीतिक रुपमा विभाजन भएको नेकपामा अहिले दुई छुट्टै समूह बनेका छन्।

प्रधानमन्त्री केपी शर्मा ओली समूह र प्रचण्ड-नेपाल समूहले ५ पुसयता पार्टी कमिटीका छुट्टाछुट्टै बैठक राखेर एक अर्कालाई कारवाहीको निर्णय गरिसकेका छन्।

दुवै समूहले निर्वाचन आयोगमा आफ्नो आफ्नो वैधता रहेको भन्दै लिखित रुपमा केन्द्रीय कमिटी बैठकका निर्णय समेत पेश गरिसकेका छन्।

अहिले दुवै समूहले आफू नै आधिकारिक भएको दाबी गर्दै आइरहेका छन्। अब निर्वाचन आयोगले दुवै समूहमध्ये कसलाई वैधानिकता प्रदान गर्छ त्यसलाई महत्वका साथ हेरिएको छ।


 

५ बर्ष अगाडि

प्रतिक्रिया