ओली सहभागी कार्यक्रममा प्रतिबन्ध गरियो यी कुराहरु !

५ बर्ष अगाडि

काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओली सहभागी कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको छ । 

राजधानीको कमलादीस्थित प्रज्ञा भवनमा शनिबार ओली पक्षको नेकपाले राखेको कार्यक्रममा कालो मास्क, टोपी र गलबन्दी लगाउन प्रतिबन्ध लगाइएको हो । 

सो कार्यक्रममा प्रधानमन्त्री ओलीलगायतका नेताहरुको सहभागिता रहेको छ । कार्यक्रममा सहभागी हुनका लागि ओली पक्षका नेता कार्यकर्ता पुग्दा ‘कालो लगाउन नपाइने’ सुरक्षाकर्मीले रोकेका थिए । उनीहरुलाई कालो मास्क, टोपी र गलबन्दी फुकालेर मात्रै प्रवेश दिइएको छ । 

कालो मास्क र टोपी लगाएर संकेतिक विरोधका लागि केही मान्छे आएको सूचना पाएकाले कार्यक्रम हलमा त्यस्ता वस्तु निषेध गरिएको आयोजकले जनाएको छ । 

कमलादीमा शनिबार ओली पक्षको काठमाडौं जिल्ला कार्यसमितिले बृहत कार्यकर्ता भेलाको आयोजना गरेको हो । भेलमा प्रधानमन्त्री ओलीसहित गृहमन्त्री रामबहादुर थापा, उपप्रधानमन्त्री ईश्वर पोखरेल, शिक्षा तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठको सम्बोधन रहने छ । 

पुस ५ मा सरकारले प्रतिनिधि सभा विघटन गरेपछि नेकपा विभाजित छ । ओेली र  प्रचण्ड–माधवकुमार नेपाल समूह छुट्टाछुट्टै भेला, कार्यक्रम र बैठक राख्दै आएका छन् । 

५ बर्ष अगाडि

प्रतिक्रिया