काठमाडौं- नेकपाको केपी शर्मा ओली समूहको काठमाडौंमा ‘वृहत् कार्यकर्ता’ भेलाको आयोजना गर्ने भएको छ।
शनिबार दिउँसो १ बजे नेपाल प्रज्ञा प्रतिष्ठान (कमलादी) मा नेकपा काठमाडौं जिल्ला कमिटीले भेला आयोजना गर्न लागेको हो।
भेलालाई पार्टी अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओली, नेताहरू रामबहादुर थापा ‘बादल’, ईश्वर पोखरेल र कृष्णगोपाल श्रेष्ठ लगायतले सम्बोधन गर्ने कार्यक्रम रहेको छ।
यत्ता प्रचण्ड-नेपाल समूहले पनि आज दोस्रो चरणको आन्दोलन कार्यक्रमको घोषणा गर्ने भएको छ ।
५ पुसमा नयाँ जनादेशमा जाने भन्दै प्रधानमन्त्री केपी शर्मा ओलीले संसद् विघटन गरेपछि यसकोविरुद्धमा प्रचण्ड-नेपाल समुह सडक संघर्षमा उत्रिएका हुन् ।
दिउँसो ३ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा दोस्रो चरणको आन्दोलनको घोषणा गर्न लागिएको स्रोतले जनाएको छ ।
प्रतिक्रिया