यस साता नेपाल स्टक एक्सचेन्ज नेप्सेमा २.३९ प्रतिशतको बृद्धी भएको छ । गत साता नेप्से २०३८.६३ विन्दुमा बन्द भएको थियो भने यस साता ४८.६४ अंकले बढेर २०८७.२७ विन्दुमा पुगेको छ ।
यो नेप्सेको इतिहासमा अहिले सम्म कै उच्च विन्दु हो । यस अघि नेप्से सबै भन्दा धेरै २०७१ को विन्दुमा पुगेको थियो ।
त्यस्तै, यस साता सेन्सेटिभ इण्डेक्स पनि बढेको छ। यस साता ११.९४ अंक बढेर ३९८.७० विन्दुमा पुगेर बन्द भएको छ ।
उता, नेप्से बढे पनि यस साता कारोबार रकममा भने कमी आएको छ । अघिल्ला साताको तुलानामा यस साता १२ अर्ब बराबरको कारोबार रकम घटेको छ ।
गत साता ३४ अर्ब ७१ करोड रुपैयाँभन्दा बढीको शेयर खरिदबिक्री भएको बजारमा यस साता २२ अर्ब ७६ करोड रुपैयाँ बराबरको शेयर खरिदबिक्री भएको छ।
यस साता बजार पूँजीकरण भने बढेको छ ।
नेप्सेमा यस साता बजार पूँजीकरण २.४३ प्रतिशत बढेर २८ खर्ब ८ अर्ब पुगेको छ। यो हालसम्मकै उच्च बजार पूँजीकरण हो।
प्रतिक्रिया