ब्याक टु ब्याक बाघ आक्रमण, कतै बाघ माथि त कतै बाघ द्वारा

५ बर्ष अगाडि

आज विहानै बाघ सम्बन्धी दुई दुर्घटना घटेको छ । 

पर्सा राष्ट्रिय निकुञ्ज क्षेत्रभित्र पर्ने सडकमा आज विहान कारको ठक्करबाट एक पाटे बाघको मृत्यु भयो । हेटौंडाबाट सर्लाही जाँदै गरेको बा१६च ८११ नम्बरको कारले  बाराको पथलैया–अमलेखगञ्ज सडकखण्डको आधाभार नजिकको जंगलमा बाघलाई ठक्कर दियो ।

कारको ठक्करले टाउकोमा गम्भीर चोट लागेको बाघको केही समयमै मृत्यु भयो ।उक्त घटना सेलाउन नपाँउदै बर्दियामा अर्को घट्ना घट्यो ।

त्यहाँ भने बाघले मोटरसाइकलमा सवार एक महिलालाई थुतेर लग्यो । यो घट्ना भने शुक्रबार राति १० बजेतिरको हो । 

कैलाली जिल्लाको लम्किचुहा नगरपालिका वडा नं। ४ कौवापुर की ५० बर्षीया नन्दकली थापालाई बाघले मोटरसाइकलबाटै थुतेर लगेको हो ।

हालसम्म ती महिलाको अवस्था अज्ञात छ।महिलाको खोजीका लागि नेपाली सेनाको टोली, नेपाल प्रहरीको टोली र निकुञ्जको टोली खटिएको छ ।

५ बर्ष अगाडि

प्रतिक्रिया