काठमाडौं- ईकमर्स कम्पनीले ग्राहकको संकलित विवरण अन्य कुनै व्यक्तिलाई बिक्री गर्न नपाउने भएको छ ।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले विद्युतीय व्यापार व्यवस्थापनका लागि तयार पारेको विधेयक मस्यौदामा यस्तो गतिविधिमा रोक लगाउने व्यवस्था गरिएको हो ।
उक्त विधेयकमा कुनै वस्तु तथा सेवा खरिद गर्न ग्राहकले आफ्नो पहिचान जनाउने वैयक्तिक विवरण व्यवसायीलाई उपलब्ध गराउनु पर्ने भएमा त्यस्तो विवरण संरक्षण गर्नुपर्ने व्यवस्था गरिएको छ ।
प्रतिक्रिया