अमेरिकाले तीन चिनियाँ कम्पनीलाई सूचीबाट निकाल्ने

५ बर्ष अगाडि

एजेन्सी- अमेरिकाको न्यूयोर्क स्टक एक्सचेन्जले तीन चिनियाँ दूरसञ्चार कम्पनीहरूलाई सूचीबाट निकाल्ने भएको छ।

सेनासँग सम्बन्ध भएको आरोप लागेका उक्त कम्पनीहरूलाई सूचीबाट निकाल्ने भएको हो।

ट्रम्प प्रशासनले तारो बनाएका तीनै कम्पनी चाइना मोबाइल, चाइना टेलिकम र चाइना युनिकम हङ्कङका शेयरहरू अर्को सातादेखि त्यहाँ कारोबार नहुने भएको छ।

तीनै कम्पनीले आफ्नो सबै आय चीनमा गर्ने र अमेरिकामा कुनै महत्त्वपूर्ण उपस्थिति नभएको बताइएको छ।

न्यूयोर्क स्टक एक्सचेन्जले जनवारी ७ देखि ११ भित्र ती कम्पनीहरूको शेयर कारोबार बन्द गर्ने बताएको छ।

हाल न्यूयोर्क स्टक एक्सचेन्जमा २०० भन्दा बढी चिनियाँ कम्पनीहरू सूचीकृत छन्।

५ बर्ष अगाडि

प्रतिक्रिया