प्रचण्ड निवासमा बामदेव

५ बर्ष अगाडि

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)लाई भेट्न उपाध्यक्ष बामदेव गौतम खुमलटार पुगेका छन् । 

पार्टी विभाजनको स्थितिमा अहिले सम्म कुनै पनि पक्षमा नखुलेका गौतमले शुक्रबार प्रचण्डलाई भेट्न उनकै निवास खुमलटार पुगेका हुन् ।

प्रचण्डका प्रेस सल्लाहकार विष्णु सापकोटा ‘जुगल’ का अनुसार दुवै नेताबीच बिहान आधा घण्टा छलफल भएको थियो। 

संसद विघटनपछि प्रचण्ड र गौतमबीचको यो दोस्रो भेट हो। पार्टी विभाजनमा गौतम र सचिवालय सदस्य रामबहादुर थापा ‘बादल’ कुनै पनि पक्षमा नलागेकोमा बादल प्रधानमन्त्री केपी ओली  पक्षमा लागिसकेका छन् ।

तर गौतमले भने अहिलेसम्म आफ्नो पक्ष स्पष्ट पारेका छैनन्। उनले आफू पार्टी फुटको साक्षी नबन्ने उल्लेख गर्दै अन्तिमसम्म आफू एकताको पक्षमा रहने बताउँदै आएका छन्। 

५ बर्ष अगाडि

प्रतिक्रिया