राष्ट्रिय सभाका एक सांसद र पाँच जना कर्मचारीलाई कोराना देखिएको छ ।
संसद सचिवालय अनुसार आज आएको रिपोर्टमा ६ जनालाई कोरोना संक्रमण पुष्टी भएको हो ।
राष्ट्रिय सभाको आज बस्न लागेको हिउँदे अधिवेशनको पहिलो बैठकमा सहभागी हुने सांसद र कर्मचारीको हिजो स्वाब लिइएको थियो ।
६ जनामा संक्रमण पुष्टी भएपनि भौतिक दूरी अपनाएर आज बैठक बस्ने बताइएको छ ।
प्रतिक्रिया